एसियाली खेलकुदमा करातेबाट तीन पदक पक्का

एसियाली खेलकुदमा करातेबाट तीन पदक पक्का

आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • एसियाली खेलकुदमा करातेबाट तीन पदक पक्का

    काठमाडौं । एसियाली खेलकुदमा नेपालले करातेमा पदक जित्ने पक्का भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको महिला कुमुतेमा सेमिफाइनल प्रवेश गरेसंगै पदक पाउँने पक्का भएको हो । 

    करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक दिइने भएकाले नेपालले कम्तिमा पनि कांस्य पदक जित्ने पक्का भएको हो। गत संस्करणकी रजत पदक विजेता एरिकाले तोयोहाशी जिम्नाजियममा आइतबार बिहान सम्पन्न महिला ६८ केजीमाथिको खेलमा जोर्डनकी यारा नासेरविरुद्ध ७–१ को सहज जित निकालेकी थिइन् ।

    एरिकाले सेमिफाइनलमा काजकिस्तानकी सोफिया बेरुल्टसेभासँग प्रतिस्पर्धा गर्नेछिन् । यससँगै नेपालले करातेबाट कम्तिमा पनि तीन पदक पक्का गरेको छ । यसअघि कुमुते पुरुष ६० केजीमुनिमा मीनबहादुर तामाङ र ५५ केजीमुनिमा राकेश मानन्धरले सेमिफाइनलको यात्रा तय गरेसँगै नेपालको पदक पक्का भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij