नेदरल्याण्ड्स र नामिबियालाई पछि पार्दै टी–२०आई वरियतामा दुई स्थान उक्लियो नेपाल

नेदरल्याण्ड्स र नामिबियालाई पछि पार्दै टी–२०आई वरियतामा दुई स्थान उक्लियो नेपाल

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • नेदरल्याण्ड्स र नामिबियालाई पछि पार्दै टी–२०आई वरियतामा दुई स्थान उक्लियो नेपाल

    काठमाडौं । नेपाल आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालले दुई स्थानको सुधार गरेको हो । 

    यसअघि १४ औं स्थानमा रहेको नेदरल्याण्ड्स र १५ औं स्थानमा रहेको नामिबियालाई पछि पार्दै नेपालले एकैपटक १६ औं स्थानबाट १४औँ स्थानमा छलाङ मारेको हो ।

    एसियाली खेलकुदअन्तर्गत शुक्रबार जापानको नागोयामा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो ।

    अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । बलिङतर्फ कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए । ब्याटिङमा सन्दीप जोराले ३४ तथा रोहित पौडेलले अविजित ३३ रन बनाए ।

    नेपालले अब समूह चरणको अन्तिम खेलमा शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij