हुम्लामा पहिरोले बिद्यालय भवन र घरगोठमा क्षति

हुम्लामा पहिरोले बिद्यालय भवन र घरगोठमा क्षति

बुधवार, जेठ ६ २०८३
बुधवार, जेठ ६ २०८३
  • हुम्लामा पहिरोले बिद्यालय भवन र घरगोठमा क्षति

    हुम्ला । हुम्लामा पहिरोले बिद्यालय भवन पुरेको छ । जिल्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५  डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको हो।

    चङ्खेली –५ का बासिन्दा छक्कबहादुर तामाङका अनुसार, पहिराले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पु¥याएको छ । चङ्खेली –५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको बताइएको छ । 

    पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए । खड्काका अनुसार, प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको  छ । 

    हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा रहेको चङ्खेली गाउँपालिकाको तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन् ।  गाउँपालिकाको केन्द्र पिप्लाङभन्दा निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij