नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ को पहिलो एकदिवसीय खेल आज

    काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० र एकदिवसीय शृङ्खलाका लागि नेपालमा रहेको आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ । शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ ।

    यसअघि नेपाली टोलीसँगको टी–२० शृङ्खला आयरल्याण्डले २–१ ले जितेको थियो । नेपाल ‘ए’ सँग खेलअघि आयरल्याण्ड ‘ए’ ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुईवटा टी–२० क्रिकेट खेलेको थियो ।

    दुवै खेलमा आयरल्याण्ड ‘ए’ पराजित भएको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij