काठमाडौंका पूर्व सिडियो छवि रिजाल पक्राउ

काठमाडौंका पूर्व सिडियो छवि रिजाल पक्राउ

मंगलवार, चैत्र १७ २०८२
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौंका पूर्व सिडियो छवि रिजाल पक्राउ

    काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान पक्राउ गरेको हो । 

    जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिने रिजाल एक महिना नपुग्दै काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट बहिरिएका थिए ।


    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् । 

    काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तल रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij