शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

शुक्रवार, चैत्र १३ २०८२
शुक्रवार, चैत्र १३ २०८२
  • शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

    काठमाडौँ । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ । नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ ।

    शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने कार्यक्रम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij