कर्णालीमा भोलि सार्वजनिक बिदा

कर्णालीमा भोलि सार्वजनिक बिदा

बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • कर्णालीमा भोलि सार्वजनिक बिदा

    काठमाडौँ । कर्णाली प्रदेश सरकारले चैते दसैँ तथा राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको सूचना अनुसार मिति २०८२ साल चैत १२ गते (बिहीबार) चैते दसैँ (चैत्र शुक्ल अष्टमी) को अवसरमा प्रदेश भरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा बिदा दिएको हो ।

    त्यसैगरी, राष्ट्रिय धान दिवसको अवसरमा जुम्ला जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरूमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ। उक्त निर्णय प्रदेश मन्त्रिपरिषद्को मिति २०८१ चैत १७ गतेको बैठकलेको थियो।

    bb.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij