एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात

एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात

बुधवार, चैत्र ११ २०८२
बुधवार, चैत्र ११ २०८२
  • एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको हो ।

    पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । पेट्रोलियम पदार्थमध्ये  ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।  

    सोही अवधिमा २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij