बिरगंज। नेकपा एमाले पर्साका नेता तथा बिरगंज महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार रहेका बसुरुद्धिन अन्सारीले कांग्रेस बदिएर गगन कुमार थापा नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन् ।
बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा कांग्रेस प्रवेश गरेका अन्सारीले सञ्चारकर्मीसँग कुरागर्दै गगन थापा नेतृत्वमा आएसंगै कांग्रेस एकढिक्का भएसंगै आफू पुरानो घर नेपाली कांग्रेस फर्किएको बताए।
अन्सारीले भने, म कांग्रेस प्रवेश गरेको होइन, पुरानो घर फर्किएको हुँ, अहिले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको छ, कांग्रेस देशकै नयाँ र उर्जाशिल दल बनेको छ, त्यसकारण म पुरानो घर फर्किएं। जेनजी आन्दोलनपछि सबैभन्दा ठूलो परिवर्तन नेपाली कांग्रेसमा नै आएको अन्सारीको भनाइ थियो ।
यो भन्दा ठुलो परिवर्तन अरु दलमा भएको छैन। मधेस प्रदेशमा कांग्रेसलाई अब कसैले हराउन सक्दैन, विगतमा कांग्रेसीकै कारण कांग्रेस उम्मेदवार हारेका थिए। उनले अगाडी थपे, तर यसपटक गगन थापा सभापति भएपछि कांग्रेसको अन्तर्घात हटेको छ।
कांग्रेस रूपान्तरण भएसंगै अहिले सबै कांग्रेसी एक ढिक्का भएको अन्सारीले बताए । एक ढिक्का भएको कांग्रेसलाई हराउन सक्ने ताकत कुनै दलमा नरहेको दावीगर्दै अन्सारीले आफ्नो गृह जिल्ला पर्सामा क्षेत्र नम्बर १ देखि ४ सम्म नेपाली कांग्रेसको जित सुनिश्चित रहेको बताए । अन्सारीले गगन थापा कांग्रेसको नेतृत्वमा आएपछि उधोगी व्यवसायी उत्साहित भएको अन्सारीले बताए।
अन्सारीले थपे, बल्ल ब्यवसायीको कुरा सुन्ने, समस्या सुन्ने, करदेखि भन्सारसम्म सबै बुझ्ने ब्यक्तित्व नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार भएका छन् । अन्सारीले बिरगंज औद्योगिक करिडोर भएकाले ब्यवसायीले टिकट पाउनु राम्रो भएको बताउँदै कांग्रेसका अनिल रूगटाले पर्सा क्षेत्र नं १ बाट अत्याधिक मतले विजयी गराएर सांसद बनाउँने बताए ।
यसले कांग्रेस उद्योग ब्यवसाय सुरक्षित बनाउन चाहन्छ, देशमा रोजगारीको अवसर सिर्जना गर्न चाहन्छ भन्ने पुष्टि हुने हुने अन्सारीको भनाई थियो । बिरगंजको विकासका लागि नेपाली कांग्रेसले जति काम कसैले नगरेको उल्लेख गर्दै कांग्रेस नेता कृष्ण प्रसाद भट्टराई चुनाब लड्दा जति बिरगंजले जे पायो आजसम्म त्यति कसैले दिन नसकेको अन्सारीले बताए।
ञहामीले कांग्रेस बदलिएको अनुभव गरेका छौं। नेशनल मेडिकल कलेज समेत त्यसको उपज अन्सारीले बताए । एउटा मेडिकल कलेजले गर्दा बिरगंज स्वस्थ्य सेवामा कति अगाडी बढ्यो, तर त्यसपछि अहिले सम्म कुनै एउटा नयाँ संस्था बिरगंजमा आएन। अन्सारीले थपे।
उनले देश विकासका लागि आर्थिक अवस्था बलियो हुनुपर्ने र फाइनान्स आउनका लागि व्यापार चाहिने भन्दै गगनले त्यो विश्वास पूरा गर्न सक्छन् भन्ने अहिले उद्योगी ब्यवसायीमा जागेको बताए। बिरगंजका मेडिकल कल्जका सञ्चालक अन्सारी यसअघि विभिन्न राजनीतिक दलमा सक्रिय थिए।