चार महिनामा वीरगञ्ज भन्सारले उठायो ७५ अर्ब ५८ करोड राजस्व

चार महिनामा वीरगञ्ज भन्सारले उठायो ७५ अर्ब ५८ करोड राजस्व

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • चार महिनामा वीरगञ्ज भन्सारले उठायो ७५ अर्ब ५८ करोड राजस्व

    काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ७५ अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

    भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा ८९ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो ।

     

    चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेन जेड आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताएका छन ।

    ‘चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो,’ उनले भने, ‘कात्तिक महिनामा रु. २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा रु. १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ ।’

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौ महिनामा २० अर्ब ७३ करोड रुपैयाँ, असोज महिनामा १९ अर्ब नौ करोड रुपैयाँ र कात्तिक महिनामा भने १७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij