सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कति ?

सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कति ?

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • सुनको मूल्य १ हजार ९ सय रुपैयाँले घट्यो, तोलाको कति ?

    काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।


    आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो । 

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij