‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई

मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • ‘चाँगुनारायण नगर कप–२०८२’ को उपाधि वडा नं ६ लाई
     
    भक्तपुर । नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा आयोजित ‘चाँगुनारायण नगर कप–२०८२’ फुटबल प्रतियोगिताको उपाधि वडा नं ६ ले हात पारेको छ ।
     
    चाँगुनारायण नगरपालिका नगरकोट–६ स्थित माउण्ट एभरेष्ट खेल मैदानमा सम्पन्न गत असोज २२ देखि सुरु भई आज प्रतियोगिता सम्पन्न भएको हो । आज वडा नं ४ र ६ बीच भएको फाइनल खेलमा पेनाल्टीबाट गोल गर्दै वडा नंं ६ विजेता बनेको हो । विजेता टोलीले रु एक लाख १५ हजार १०१  नगदसहित प्रमाण र ट्रफि हात पारेको छ । उपविजेता बन्दै रु ६६ हजार ६६६ पुरस्कार प्रमाणपत्र र ट्रफि हात पारेको छ । 
    No description available.
     
     
    ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ चाँगुनारायण नगरपालिकाको सहयोग एवं नगर खेलकुद विकास समितिको समन्वय र सहकार्यमा माउण्ट एभरेष्ट युथ क्लब नगरकोटले प्रतियोगिता आयोजना गरेको थियो ।
     
    वडा नं ३ झौखेलले तेस्रो हुँदै रु ३३ हजार ३३३ पुरस्कार र प्रमाणपत्र र ट्रफि जितेको छ । 
    No description available.
     
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकामा पहिलोपटक आयोजित यस प्रकारको प्रतियोगतामा नगरका नौ वटै वडाका खेलाडीको उत्साहजनक सहभागिताले नगरपालिकालाई मात्रै नभई खेलकुद र खेलाडीमा ठूलो उत्साह थपेको बताए । 
     
    उनले भने, “देशकै नाम राख्न सक्ने खेलाडी उत्पादन गर्न सक्ने गरी नगरपाकिाले नै नगरकोट भ्रमण वर्ष–२०८२ को अवसर खेल क्षेत्रमा पनि लगानी गरिरहेको छ । खेलकुदबाट पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने ठहरका साथ सीमित साधनस्रोतका बाबजुत विभिन्न विद्यामा प्रशिक्षकसहित निःशुल्क खेल प्रशिक्षण सुरु गरेर खेलाडी उत्पादन गरिहेका छौँ । यो प्रतियोगिता त्यसको निरन्तरता हो ।”
    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij