‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • ‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ ’

    भादगाउँ । भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्छिन्् । उनी तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्छिन् । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याई छ । त्यसैले उनको दैनिक दिनचर्या बिहान ४ बजेदेखि नै सुरु हुन्छ । एकल महिला भएका कारण पनि उनलाई बेफुर्सदीले सताएको हो । 

    “तिहारमा पालाको माग अत्याधिक मात्रामा हुने भएकाले यो समय कुमालहरुले अन्य भाँडा बनाउने काम गर्दैनन्,” उनले भनिन्े, “एकल महिला हुँ । सबै आफैँले गर्नुपर्छ । त्यसैले बिहान ४ बजे नउठे माग अनुसारको माटोको तिहार सामग्री बनाउन सकस पर्छ ।”छोराछोरी सबै विद्यालय जाने भए तापनि बिदा र फुर्सदको समयमा छोराछोरीले पनि सघाउने गरेको उनले बताइन्।

    भक्तपुर तालाक्वका विनोदकुमार प्रजापतिलाई पनि तिहारको सामगी तयार गर्न भ्याइनभ्याई छ । “वर्षमा एकचोटी आउने तिहारमा हो, माटोको भाँडाबाट मनग्ये आम्दानी हुने । त्यसैले भ्याइनभ्याई त हुनैप¥र्यो नि”, उनी भन्छन् ।नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा माटोका विभिन्न प्रकारका भाँडाकुँडा र तिहारका सामग्रीको माग बढेकोले यतिबेला यहाँका कुमालहरुलाई भ्याइनभ्याई छ । तिहार आउन एक साता पनि समय छैन । अबको दुई या तीन दिनभित्र माग अनुसारको सामग्री दिन नसके बनाएको व्यर्थ हुने भएकाले पनि भक्तपुरका कुमालहरुलाई माटोका तिहार सामग्री बनाउन चटारो परेको छ ।


    माग धान्न कुमालले परिवारका महिला पुरुष मात्र होइन केटाकेटीसमेत माटोका सामग्री तयारीमा जुट्ने गरेका छन् ।अहिले यहाँको तालक्व मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमालहरुले अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् ।उनीहरु दैनिक अन्य कामलाई मात्र होइन, दसँैंको नखःत्या (दसँैंको पाहुना आउँजाउ) समेतलाई थाँती राखी तिहारका लागि आवश्यक सामग्री तयार गर्न व्यस्त छन् । 
     
    पोटरी स्क्वायरको नामले विश्वसामू परिचित भक्तपुरको तालक्वका अर्का कुम्हाले रामप्रसाद प्रजापतिलाई भर्खर सकिएको दसँैंको नखःत्या जाने र्फुसदसमेत छैन । त्यसैले ससुराली र मामाघरका समेत दसँैंको नखःत्या नगइ माटोको भाँडा बनाउन कुमालहरु व्यस्त रहने गरेको उनले बताए ।“यो काममा परिवारका सबै सदस्य एकजुट भएर लागि परेकोले दसँैंको नखःत्यासमेत जान भ्याएको छैन,” उनले भने “मेरो मात्र होइन यहाँका अधिकांश कुमालहरु यतिबेला अन्य सबै काम थाँती राखी तिहारका लागि सामग्री तयार गर्न व्यस्त छन् ।”बिहान सबेरै उठ्यो । अघिल्लो दिन नै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै दिन बित्ने गरेकोले अहिले अन्य भाँडाकुँडा बनाउने फुर्सद नभएको उनले बताए ।

    तिहारको लागि एकमुखे पाला, दुईमुखे पाला, तीनमुखे पाला र चारमुखे पालासँगै धुपौरो, धूप राख्ने प्लेट, माटोको सुकुन्दा, बुट्टापाला बनाउन भ्याइनभ्याई भएको तालक्वका विनोद कुमारले बताए । भक्तपुरमा उत्पादन हुने माटोका तिहारका सामग्री काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सहरमा पुग्ने गरेको भक्तपुरका कुमालहरु बताउँछन् । “यहाँ उत्पादन भएका सामग्री चितवन, धाडिङ, पोखरा, काभ्रे, नौबिसे पठाउँछौँ,” विनोद कुमारले भने ।

    बजारमा बढी माग भनेको एकमुखे र चारमुखे पाला, धुपौरो र सुकुन्दाको बढी माग रहेको उनले बताए । बजारमा जतिसुकै आधुनिक र विद्युतीय सामग्री आए पनि परम्परा अनुसार चल्ने भएकोले त्यति धेरै असर यो व्यवसायमा नपरेको उनले बताए । बजारमा पालाको मूल्य काँचो भए सानो आकारको दुई रुपैयाँ र पोलेको भए दुई रुपैयाँ ५० पर्ने उनी बताउँछन् । 

    उनका अनुसार अहिले पालाको आकार र डिजाइन अनुसार दुई रुपैयाँदेखि २५ रुपैयाँसम्म, धुपौरो २५ र ५० रुपैंया, धूप राख्ने प्लेट ५० र १०० रुपैँया र सुकुन्दा १५०, २५०, ३५० र एक हजार रुपैँयासम्मको पाइन्छ । तिहारमा विद्युतीय रङ्गीचङ्गी बत्ती बालेर झिलिमिली पार्ने गरेपनि पालामा दियो बाल्नुपर्ने परम्परा भएकाले तिहारमा बर्सेनि पालाको माग बढ्ने गरेको तालक्वकै पञ्चमाया प्रजापतिले बताए । उनले पछिल्लो सयम विद्युतीय सामानसँगै मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि पालाको माग बढेको तर्क रे । 

    भक्तपुरमा तयार गरिएका पाला होलसेल व्यापारीलाई बिक्री गरिन्छ । होलसेल व्यापारीले  पालाको साइज अनुसार ठूलो सानो हेरी मूल्य निर्धारण गरेर त्यसमा केही मुनाफा राखेर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेको उनले बताए । उनले बजारको माग र उत्पादनको अनुपातले बजार मूल्य निर्धारण गर्ने भएकाले स्थान विशेषका आधारमा पालालगायत माटोका तिहारका सामग्रीको मूल्य फरक पर्नसक्ने बताए । “ढुवानीका कारणले पनि बजारमा मूल्य फरक हुनसक्छ,” उनले भने,

    तिहार विशेषगरी धनकीदेवी लक्ष्मीको पूजा गर्ने पर्व पनि भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ । धनकीदेवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij