माेटरसाइकलकाे ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको मृत्यु

माेटरसाइकलकाे ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको मृत्यु

बिहिवार, कार्तिक २२ २०८१
बिहिवार, कार्तिक २२ २०८१
  • माेटरसाइकलकाे ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको मृत्यु

    भक्तपुर । भक्तपुरमा बुधवार साँझ भएकाे सडक दुर्घटनामा परेर एक जनाकाे ज्यान गएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुञ्जे चोकमा माेटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका-६ भोलाछें घर भई हाल कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानांगको मृत्यु भएकाे हाे । 

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पैदल यात्रुलाई ठक्कर दिएर फरार वाग्मती प्र ०२-०२१प. ८१२७ नम्बरको मोटरसाइकलका चालक रामेछाप सुनापाती गाउँपालिका-५ घरभई हाल चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २६ वर्षीय दिपक मानन्धरलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij