भक्तपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • भक्तपुरमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

    भक्तपुर । मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्य भएको भएको छ । 

    भक्तपुरबाट काठमाडौंतर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नं को मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नं को मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij