वायुगुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने चाँगुनारायण पहिलो नगरपालिका : नगरप्रमुख जीवन खत्री

वायुगुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने चाँगुनारायण पहिलो नगरपालिका : नगरप्रमुख जीवन खत्री

आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • वायुगुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने चाँगुनारायण पहिलो नगरपालिका : नगरप्रमुख जीवन खत्री

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिका वायुगुणस्तरको सुधार लागि कार्यविधि बनाएर अघि बढ्ने पहिलो नगरपालिका रहेकाे दाबी गरेका छन् । आइतबार नगरपालिकाको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले नगरपालिकाको कार्यालयमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बाेल्दै नगरप्रमुख खत्रीले वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने पहिलो नगर रहेको बताएका हुन् । 

    'सरसफाइको तालिम दिने र वायुगुणस्तरको सुधार लागि कार्यविधि नै बनाएर अघि बढ्ने चाँगुनारायण नै देशैभरमा पहिलाे हाे ।', उनले भने ।

    1.jpg

    कार्यक्रममा नगरप्रमुख खत्रीले नगरले सधैं नगरबासीको आवश्यकताको क्षेत्रमा र हकहितमा नै काम गरिएको बताएका छन् । ‘हामीले निर्वाचित भएर आएबाट नै जनहितका लागि कार्यहरु गर्दै आएका छौं । भौतिक पूर्वाधारको विकास सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं । तर, प्रचारप्रसार खासै नभएका कारण हामीले नगर र वडा स्तरबाट गरेको काम नगरबासीसमक्ष पुगेको भने छैन ।’, नगरप्रमुख खत्रीले भने । 

    कार्यक्रममा नगरप्रमुख खत्रीले आफूहरु शासकका रुपमा नभइ सेवकका रुपमा सेवा दिइरहेको दाबी गरे । कानुनले नै तोकेको ऐन नियमको दायरामा बसेर पारदर्शी ढंगले कार्यहरु गरिरहेको उल्लेख गर्दै खत्रीले नगरपालिकामा काम लिएर आउने सेवाग्राहीलाई ‘मुस्कानसहितको सेवा’ दिइरहेको दाबी गरे । 

    नगरपालिकाले आगामी वर्ष २०८२ लाई ‘नगरकोट भ्रमण वर्ष २०८२’ का रुपमा मनाउने तयारी गरिएकाे छ । त्यसका लागि धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको मर्मतसम्भार, स्तरोन्नतिका कार्यका लागि याेजना बनाइरहेको नगर प्रमुख खत्रीकाे भनाइ थियाे । तर, संघीय सरकारको कार्यक्षेत्र अन्तर्गत रहेको नगरकोट–कमलविनायक सडकखण्ड समयमै मर्मत नहुनाले भने पर्यटकको आगमनमा केही असहजता हुनसक्ने खत्रीले बताए । 

    गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको बताउँदै प्रमुख खत्रीले पूर्वाधार निर्माणका लागि छुट्याइएको बजेटको १० प्रतिशत रकम कटाएर विपद् व्यवस्थापनका लागि कोषमा जम्मा गरिएको जानकारी दिए । 

    अन्तरक्रियाका क्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो नगरको भौगोलिक बनावटका कारण यातायातको समस्या रहेपनि त्यसको समाधानका लागि कार्यविधि नै बनाएर पास गराइएको जानकारी दिए । बस नचल्ने स्थानमा ‘अटो’ र दशैंको समयबाट ईभी गाडी चलाउन सुरु गरिएको उप प्रमुख बुढाथोकीले जानकारी दिए । 

    Ramesh Budhathoki.jpg

    नगरपालिकाले चाँगुनारायण नगर अस्पताल सञ्चालन गरेपनि त्यसले हालसम्म सरकारबाट स्वीकृति दिएकाे छैन । नगरपालिकाले तोकिएका सबै मापदण्ड पुरा गर्दा पनि सरकारले नै स्वीकृति दिन ढिलाई गरिरहेका कारण स्थानीयकाे उपचारमा समस्या भएकाे उप प्रमुख बुढाथोकीले बताए । 

    स्वास्थ्य र खेलकुदलाई सँगैसँगै लैजान नगरपालिकाले नै प्रशिक्षक राखेर खेलकुदको तालिम दिइरहेको बताउँदै  उपप्रमुख बुढाथोकीले खेलकुदले स्वस्थ रहन मद्दत गर्ने ठानेर स्वास्थ्य र खेलकुदलाई साथसाथै लैजाने गरी कार्यहरु गरिएकाे जानकारी दिए । 

    शिक्षा क्षेत्रमा पनि नगरपालिकाले आवश्यक पूर्वाधारदेखि शिक्षकरुको व्यवस्थापनसमेतमा सहयोग पुर्याउँदै आएकाे उनकाे भनाई थियाे । त्यससँगै शैक्षिक गुणस्तर उकास्न सहयोग पुगेको उपप्रमुख बुढाथोकीले बताए । 

    चाँगुनारायण नगरपालिकाका अधिकांश वडा ग्रामिण बस्ती रहेकाे र स्थानीयको आम्दानीको प्रमुख आम्दानीको स्रोत कृषि रहेको छ । नगरभित्रका ८० प्रतिशत जमिनमा कृषि उत्पादन गरिँदै आएपनि को प्रर्याप्त मात्रामा रासायनिक मल ल्याउन भने समस्या परेको उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । तर, नगरपालिकाले पशुपालनमा भने उल्लेख्य प्रगति गरेको उनकाे भनाइ छ ।

    उपप्रमुख बुढाथोकीका अनुसार, एक घर एक धाराको नीति अनुसार सबै नगरबासीलाई आवश्यकता अनुसार पानीको वितरण गर्न बजेट विनियोजन गरिएको छ । 

    हालैको बाढी पहिरोले ‘डोजरे विकास’ भएका क्षेत्रमा बढी क्षति भएको भन्ने गुनासो आएको उल्लेख गर्दै प्रक्रिया अनुसार नै नगरपालिकाको स्वीकृति लिएर भएका कार्यहरुमा अवरोध गर्न नमिल्ने बुढाथोकीले  बताए । मनलाग्दी जथाभावी तरिकाले डोजर लगाएको खण्डमा भने जरिवाना लगाइएको उनकाे भनाइ थियाे । 

    कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख सुरज पौडेलले पछिल्लो नेतृत्व आएसंगै सडक लगायतका पूर्वाधारको क्षेत्रमा उल्लेख्य कार्यहरु भइरहेको दाबी गरे । वडा कार्यालयको भवन निर्माण भइरहेको साथै, बाढीपहिरोले बिगारेको सडकहरुको पुनःनिर्माणका कार्यहरु पनि सँगसँगै लगिएको उनकाे भनाइ थियाे । 

    Suraj Paudel.jpg

    नगरपालिकाले भौतिक पूर्वाधार र मानवीय विकासलाई सँगसँगै लैजाने उद्देश्यले विभिन्न तालिम, गोष्ठी आदिको आयोजना गर्दै आएको बताउँदै पौडेलले नगरपालिकाले स्थानीयलाई निःशुल्क रगत र अक्सिजनको व्यवस्था समेत गर्ने गरेको बताए । 

    कार्यक्रममा बोल्दै २ नं वडाका वडाध्यक्ष साेम प्रधानले शिक्षा क्षेत्रमा आफ्नो वडा अब्बल रहेको दाबी गरे । हालैको एसईईको नतिजामा पनि नगरभरिमै सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थी सोही वडाको सामुदायिक विद्यालयको रहेको उनकाे भनाइ थियाे । तर, सामुदायिक विद्यालय पढाउने शिक्षकले आफ्ना बालबालिकाहरु भने निजी विद्यालयमा पढाउँदा विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको अध्यक्ष प्रधानकाे भनाइ थियाे । वडाबासीलाई घरघरममै स्वास्थ्य सेवा दिनका लागि ‘वडाध्यक्ष जनता स्वास्थ् कार्यक्रम’ लागू गराउने उनले जानकारी दिए । 

    2 no.jpg

    ६ नं वडाका अध्यक्ष धन बहादुर लामाले हरेक आवश्यकता पुरा गर्ने प्रयास गरिएको दाबी गर्दै वडाले आफ्नै क्यालेण्डर निर्माण गरेर त्यसै अनुसारका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । पर्यटकको आकर्षणको केन्द्र मानिने नगरकोटमा सडककाे दुरावस्था लगायतका कारण पर्यटकको आगमनमा कमी आएको लामाले बताए । भूकम्पका कारण थलिएको अर्थतन्त्र र त्यसपछिको कोरोना महामारीका कारणले भएको आर्थिक मन्दिका कारण पनि नगरकाेटमा पर्यटक घट्दै गएको उनले बताए । नगरकोटलाई सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्ने ठाउँका रुपमा मात्र नहेरी ऐतिहासिक र धार्मिक महत्वको स्थान भनेर ‘रि–ब्राण्डिङ’ गर्न आवश्यक रहेको वडाध्यक्ष लामाले बताए । 

    6 no.jpg

    हिन्दु धर्मको स्कन्दपुराणलाई आधार बनाएर महादेवपोखरी र बौद्ध धर्मको स्वयम्भू पुराणलाई आधार मानेर महामञ्जुश्रीको प्रचारप्रसार गर्न सके विभिन्न देशका पर्यटकहरु धार्मिक पर्यटनका लागिसमेत उक्त स्थान आउन सक्ने लामाकाे भनाइ थियाे । 

    2.jpg

    कार्यक्रममा बोल्दै ७ नम्बर वडाका अध्यक्ष श्याम नायजु श्रेष्ठले आफू निर्वाचित भएर आएपछि अघिल्ला कार्यकालमा पुरा नभएका कार्यहरुलाई निरन्तरता दिएको बताउँदै पछिल्लो समय धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, फल्चा निर्माण, मन्दिर पुनःनिर्माण आदिका कार्यहरु समेत गरिएको जानकारी दिए । 

    7 no.jpg

    कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका तर्फबाट दिवस गुरागाइँले नगरपालिकालाई ८ क्षेत्रमा सुधार र नयाँ कार्यक्रमका लागि सुझाव दिएका थिए । उनले पुरातात्विक तथा सांस्कृतिक, पर्यटकीय, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने क्षेत्र औंल्याएका थिए । 

    अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले विभिन्न क्षेत्रका कार्यप्रगतिबारे जिज्ञासा राखेका थिए र नगरका उपप्रमुख बुढाथोकीले प्रश्नहरुको जवाफ दिएका थिए । 

    राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले स्थानीय तहदेखि संघीय सरकारसंगको समन्वयमा अध्ययन, अनुसन्धान लगायका काम गर्दै आएको बताए ।

    462578132_956345886325749_2035180167891800863_n.jpg

    कार्यक्रममा केन्द्रका उपाध्यक्ष एवं पत्रकार महासंघ भक्तपुरका पुर्व अध्यक्ष पुष्करराज बुढाथोकी र पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत् प्रजापतिले पनि मन्तव्य राखेका थिए ।

    462551465_856276263386970_1627627721708995667_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij