भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन सुरु

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन सुरु

सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन सुरु

    भक्तपुर । हरेक वर्ष दशैंको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरु भएको छ ।

    दुइदिनसम्म चल्ने नेपाल भाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या सम्मेलनमा राजनीतिज्ञ, साहित्यकार, कानुनविद् लगायत विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्‌घाटन गरेका थिए । 

    सम्मेलन हरेक वर्षका दशैँको द्वादशी र त्रयोदशीका दिन आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय अध्यक्ष आशाकुमार चिक्मबञ्जारले जानकारी दिए ।

    सम्मेलनमा कथा, कविता लगायतका साहित्य प्रस्तुत हुने र मंगलबार विविध मौलिक सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने उनले बताए ।

    स्थानीय कला साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हरेक वर्ष नेपाल भाषा साहित्य सम्मेलनको आयोजना गर्ने गरिएको नेपाल भाषा साहित्य तःमुंज्याले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij