भक्तपुरमा हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकियो

भक्तपुरमा हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकियो

आइतवार, आश्विन २७ २०८१
आइतवार, आश्विन २७ २०८१
  • भक्तपुरमा हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकियो

    भक्तपुर । परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ। मल्लकालभन्दा अघि शुरु भएको मानिएको यो जात्रामा आफ्ना पेशाव्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन छ।

    पुर्खौँदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीय मानन्धर समुदायले बर्सेनी मोहनी नखः (विजयदशमीको दिन) साँझ शुरु गरी रातिसम्म पाँय् न्ह्याकेगु जात्रा गर्दै आएको मानन्धर समाजका कृष्णकुमार मानन्धरले बताए।

    पाँय्लाई ठाउँ अनुसार ‘पा’ वा ‘खाँ’ पनि भनिन्छ।

    यस्तै पाँय् न्ह्याकेगुको अर्थ हतियार सञ्चालन गर्ने भन्ने गरिन्छ। ‘पा’ भनेको बञ्चरो, खड्ग वा अन्य हतियार हुने भएकाले धेरै ठाउँमा मोहनि नखःको अष्टमी, नवमी, दशमी र एकादशी तिथिमा पायो वा पायाः वा खाँ पिहाँवइगु जात्रा मनाउने गरेको मानन्धरले बताए।

    ‘विजयादशमीको राति मनाइने यस जात्राका क्रममा परम्परागत पेशामा प्रयोग हुने विभिन्न हतियार बोकेर बाजाको तालमा साः (तोरी पेल्ने परम्परागत कारखाना) मा प्रतिष्ठापन गरिएका भैरवलाई तीनपल्ट र सोही साः बाहिर रहेको इनारमा तीनपल्ट परिक्रमा गर्ने गरिन्छ’,मानन्धरले भने।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij