भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान अवतरण

भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान अवतरण

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान अवतरण

    भक्तपुर । भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान तथा अवतरण भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित गत असार ८ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको उक्त हेलिपोर्टमा १२४ उडान र त्यति नै दरमा हेलिकोप्टर अवतरण भएका छन् ।

    १२ वटा कम्पनीका ३४ हेलिकोप्टरमध्ये नलिञ्चोकबाट हाल १० वटा हेलिकोप्टरले उडान तथा अवरतण गर्दै आएका छन् । 

    हेलिपोर्ट सञ्चालनमा आएपछि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा र बाँकी हेलिकोप्टरले पोखरा, लुक्ला, नेपालगन्जलगायतका स्थानमा रात्रिकालीन बिसान गर्दै आएका छन् । 

    हेलिपोर्ट सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापमा समेत सहजता भएकाे छ । 

    यसअघि नलिञ्चोकमा १३ वटा पार्किङ स्ट्यान्ड र चार टेक अफ/ल्यान्डिङ प्याडहरू रहेकामा हाल उडान अवतरणलाई थप सहजता पुर्‍याउन दुई वटा टेक अफ/ल्यान्डिङ प्याडमार्फत उडान अवतरण भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij