चाँगुनारायणमा ज्येष्ठ नागरिक र विद्यार्थीबीच अन्तरपुस्ता संवाद र अन्तर्क्रिया

चाँगुनारायणमा ज्येष्ठ नागरिक र विद्यार्थीबीच अन्तरपुस्ता संवाद र अन्तर्क्रिया

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • चाँगुनारायणमा ज्येष्ठ नागरिक र विद्यार्थीबीच अन्तरपुस्ता संवाद र अन्तर्क्रिया

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंंगको साझेदारीमा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजना अन्तर्गत वडास्तरमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत विद्यालयहरुमा ज्येष्ठ नागरिक र विद्यार्थीहरुबीच अन्तरपुस्ता संवाद तथा अन्तर्क्रिया कार्यक्रमको शुरुवात गरेकोछ । 

    ज्येष्ठ नागरिक मिलन चौतारीमा आवद्ध ज्येष्ठ नागरिकहरुको सक्रियतामा वडामा रहेका विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरु बीच अन्तरपुस्ता संवाद तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको हो । चाँगुनारायण नगरपालिका वडा नं २ को श्री आजाद माध्यामिक विद्यालय र वडा नं ६ को गडगडे आधारभूत विद्यालयबाट शुरु गरिएको अन्तरसंवाद तथा अन्तर्क्रिया कार्यक्रममा क्रमशः वडा नं २ र ६ का ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्षहरु लक्ष्मी भक्त सुवाल र कृष्ण प्रसाद बास्तोला लगायत उपस्थित ज्येष्ठ नागरिकहरुले जीवनका भोगाईहरु विद्यार्थीहरु माझ पस्किएका थिए ।

    3.jpg

    उनीहरुले बिद्यार्थीहरुको पहिलो पाठशाला घर र पहिलो गुरु बुवाआमा हुने भएकोले विद्यार्थीहरुले धेरै कुरा परिवारबाटै सिक्ने बताए । उनीहरुले नैतिक शिक्षामा जोड दिँर्द परिवार र समाजले बिद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिने पनि बताए । विद्यार्थीहरु माझ आफ्ना अनुभव आदान प्रदान गर्न पाँउदा ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । सहारा परियोजनाले यो अवसर जुराई दिएकोमा चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रसलाई संयुक्त रुपमा धन्यवाद दिँदै वडास्तरीय ज्येष्ठ नागरिक मिलन चौतारीको तर्फबाट यस प्रकारका अन्तर पुस्ता संवादलाई अन्य विद्यालयहरुमा पनि सञ्चालन गर्नुपर्ने बताए । विद्यार्थीहरुले पनि ज्येष्ठ नागरिकका कुराहरु बडो चाखपूर्व सनेका थिए । विद्यार्थी भाइ बहिनीहरुले आफ्ना जिज्ञाशा पनि राखेका थिए । उनीहरुले ज्येष्ठ नागरिकहरुको सम्मान गर्नुपर्ने र उनीहरुको कुरा सुन्ने र साथमा केही समय विताउनाले उनीहरुलाई एक्लोपन नहुने बतएका थिए । हाम्रा परिवारमा रहनुभएका हजुरबुवा र हजुरआमाहरुको सेवा गर्नुपर्ने कुरामा पनि विद्यार्थी भाइबहिनीहरुले जोड दिएका थिए । 

    अन्तरपुस्ता संवाद तथा अन्तर्क्रिया कार्यक्रममा रेडक्रसका तर्फबाट कार्यक्रम संयोजक उमा थापा, नगरपालिकाका कार्यक्रम सहायक सञ्जय अवालले सहारा परियोजना र कार्यक्रमको उद्धेश्य माथी प्रकाश पारेका थिए ।  कार्यक्रम संयोजक उमा थापाले ज्येष्ठ नागरिकहरु ज्ञानका खानी भएकोले यस प्रकारको अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रमले ज्येष्ठ नागरिकमा भएको ज्ञानको भण्डारबाट विद्यालयका विद्यार्थी भाइबहिनीहरु लाभान्वित हुने बताए । कार्यक्रमको समापन गर्नुहुदै आजाद माविका प्रधानाध्यापक इन्दमणि गिरी र गडगडे आधारभूत विद्यालयका प्रधानाध्यापक पुर्ण तामाङ्गले  नैतिक शिक्षाको महत्वमाथी प्रकाश पार्दै आफ्नो विचारहरु राखेका थिए । कार्यक्रममा सहारा परियोजनाका सामाजिक परिचालकका साथै विद्यालयका शिक्षकहरुको पनि उपस्थिती रहेको थियो ।

    4.jpg

    विभिन्न विधा तथा क्षेत्रमा लामो समय कार्य गरी अनुभव प्राप्त ज्येष्ठ नागरिकहरुको ज्ञान र शीप पूस्तान्तरण गर्ने उद्धेश्यले यस प्रकारको अन्तरपुस्ता संवाद तथा अन्र्तक्रिया कार्यक्रम शुरु गरिएको कुरा स्वस्थ्य बुढ्यौली परियोजनाका चाँगुनारायण नगरपालिकाका विपद् इर्काई प्रमुख तथा सहारा परियोजनाका संयोजक दिनेश थापाले जानकारी दिए ।

    चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरबासी ज्येष्ठ नागरिकहरुले  स्वस्थ्य, सक्रिय, सुरक्षित र मर्यादित जीवनयापन गर्न सकुन् भन्ने उद्धेश्यले चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासंगको साझेदारीमा स्वस्थ्य बुढ्यौली परियोजना नगरपालिकाका ९ वटै वडाहरुमा गठित ज्येष्ठ नागरिक मिलन चौतारी अन्तर्गत सञ्चालन गरिरहेको जानकारी दिए ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij