भक्तपुर क्यान्सर अस्पताल अव विकास समितिमा रुपान्तरण

भक्तपुर क्यान्सर अस्पताल अव विकास समितिमा रुपान्तरण

बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • भक्तपुर क्यान्सर अस्पताल अव विकास समितिमा रुपान्तरण

    भक्तपुर । भक्तपुर क्यान्सर अस्पताल अब विकास समितिमा रुपान्तरण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव बिहिवारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । मन्त्रिपरिषद्ले भक्तपुर क्यान्सर अस्पताल गठन आदेशसम्बन्धी मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ ।


    यसअघि नेपाल अर्बुद रोग निवारण संस्था मार्फत सञ्चालन भइरहेको अस्पताल दुई बर्ष अघि  सरकारले आफैं सञ्चालन गर्न थालेको थियो । गठन आदेशबिना नियमावली बन्न नसक्दा अस्पतालका तीन सय बढी कर्मचारी वृत्ति विकासबाट वञ्चित हुँदै आएका थिए । 

    सरकारको निर्णयसँगै अस्पतालका सबै कर्मचारी विकास समितिअन्र्तगत रहने भएका छन् । मन्त्रिपरिष्द बैठकले विकास समिति गठन आदेश स्वीकृत गरेसँगै अब अस्पतालले विनियमावली निर्माण गरेर कर्मचारीको वृत्तिविकासमा काम गर्ने बाटो खुलेको जनाएको छ । 

    स्वास्थ्य अनुसन्धान परिषदको उपाध्यक्षमा रायमाझी 

    पछिल्लो मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्षमा डा। अजित रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णयसमेत गरेको छ । 

    यसअघि कान्ति अस्पतालका दुई पटक निर्देशक रहिसकेका रायमाझी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्राध्यापक तथा बाल रोग विभाग संयोजक हुन् । 

    न्याम्सका संस्थागत समीक्षा बोर्ड (आइआरबी)का अध्यक्षसमेत रहेका रायमाझी शैक्षिक परिषद्का सदस्य हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij