इन्द्रदहमा मेला भर्नेको भीड

इन्द्रदहमा मेला भर्नेको भीड

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • इन्द्रदहमा मेला भर्नेको भीड

    भक्तपुर । इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्याइएको थियो । 

    उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको भीड लागेको हो । आज दिनभर मेला लाग्ने छभने साँझ उक्त खट देवगृहमा पुर्याएपछि जात्रा सम्पन्न हुने संस्कृतिका जानकार प्रा पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

    नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण  पोखरीको नाम इन्द्रदह रहन गएको उनले बताए । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij