बाल दिवसको अवसरमा भविष्य फाउण्डेसनद्वारा ‘बाल खेलकुद महोत्सव’ आयोजना

बाल दिवसको अवसरमा भविष्य फाउण्डेसनद्वारा ‘बाल खेलकुद महोत्सव’ आयोजना

आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बाल दिवसको अवसरमा भविष्य फाउण्डेसनद्वारा ‘बाल खेलकुद महोत्सव’ आयोजना

    भक्तपुर । भविष्य फाउण्डेसनले भक्तपुरको बालकोटमा बाल खेलकुद महोत्सव आयोजना गरेको छ । ६० औं बाल अधिकार दिवसको अवसर पारेर फाउण्डेसनले सूर्यविनायक नगरपालिका–३ स्थित किंग्स व्यान्केटमा ‘बच्चुराम थापा स्मृती बाल खेलकुद महोत्सव २०८१’ आयोजना गरेको हो । 

    1.jpg

    दुई चरणमा भएको उक्त कार्यक्रममा उद्घाटन सत्र बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको आयोजक भविष्य फाउन्डेसनका अध्यक्ष अनिल श्रेष्ठले बताए । खेलकुदका कार्यक्रम सकिएपछिको पुरस्कार वितरण सत्रको प्रमुख आतिथ्यता नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं संघीय सरकारका सांसद दुर्लभ थापाले गरेका थिए । 

    2.jpg

    कार्यक्रममा सूर्यविनायक नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष प्रदिप कार्की, ३ नम्बरका वडाध्यक्ष दिपेन्द्र केसी, वडा सदस्य भगत रानाभाट, सुनपा वडानं १ का वडा सदस्य सुवास न्यौपाने ,रविन्द्र अधिकारी लगायत जनप्रतिनिधिको उपस्थिति रहेको श्रेष्ठले बताए । 

    3.jpg

    त्यस्तै, खेल क्षेत्रबबाट राष्ट्रिय खेलकुद परिषदका उपसचिव फणिन्द्र पौडेल , कविर राणा ,सुमन कार्की, निशान ढुंगेल ,बक्सिंग खेलका पूर्व राष्ट्रिय खेलाडी रबी राणा शिक्षाविद् धुर्व बहादुर ठकुरी लगायत उपस्थित रहेका थिए । 

    कार्यक्रममा स्व बच्चुराम थापाका पुत्र उत्तम थापाको पनि उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij