डेङ्गु रोकथामबारे जनचेतना जगाउन मध्यपुरमा सचेतनामूलक कार्यक्रम

डेङ्गु रोकथामबारे जनचेतना जगाउन मध्यपुरमा सचेतनामूलक कार्यक्रम

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • डेङ्गु रोकथामबारे जनचेतना जगाउन मध्यपुरमा सचेतनामूलक कार्यक्रम

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको ३ नम्बर वडाले डेङ्गु रोगको रोकथामबारे जनचेतना फैलाउन सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । हाल देशभर तिब्र रुपमा फैलिरहेको डेंगु रोगको अवस्थालाई मध्यनजर गर्दै वडाले आफ्ना वडाबासीलाई संक्रमण हुन नदिन सचेतनामूलक कार्यक्रम आयोजना गरेको वडाध्यक्ष कृष्णहरि आचार्यले जानकारी दिए । 

    ‘अहिले देशैभर डेंगुको संक्रमण फैलिरहेको छ । डेंगु कसरी फैलिन्छ, यसबाट बच्न के गर्नुपर्छ ? यदि लागिहाले के गर्ने भन्ने विषयमा वडाबासीलाई सजग गराउन सचेतना कार्यक्रम आयोजना गरेका हौं ।’, वडाध्यक्ष आचार्यले भने । 

    mt 2.jpg

    मध्यपुर थिमि नगरपालिकाको ३ नम्बर वडाको आयोजनामा भएको उक्त कार्यक्रममा अस्पताल प्रतिनिधिहरू,विध्यालय परिवार, टोलसमितीका सदस्यहरु, दिब्यश्वरी रेडक्रस साखा लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा उपस्थित हुन नसकेकाहरुलाई पनि डेंगुबारे विस्तृत रुपमा ज्ञान दिनका लागि सचेतनामूलक -र्यालीकोसमेत आयोजना गरिएको वडाध्यक्ष आचार्यले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij