भक्तपुरबाट हराएकी महिला चारखण्डीस्थित जंगलमा मृत फेला

भक्तपुरबाट हराएकी महिला चारखण्डीस्थित जंगलमा मृत फेला

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • भक्तपुरबाट हराएकी महिला चारखण्डीस्थित जंगलमा मृत फेला

    भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–४ स्थित गाम्चाबाट हराएकी महिला जंगलमा मृत भेटिएकी छन् । गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल भक्तपुरको चारखण्डीस्थित जंगलमा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    मंगलबार उनी हराएको भन्दै खोजतलास गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij