भक्तपुर । सुर्यबिनायक नगरपालिका-८ सिपाडोलस्थित भीम श्रेष्ठको समानान्तर अष्ठान्ट उद्योग प्रालिमा अलकत्रा पगाल्ने मेसिन सफा गर्ने क्रममा आइतबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएकाे थियाे ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।