मध्यपुरथिमिको ऐतिहासिक तीन नाच सम्पन्न

मध्यपुरथिमिको ऐतिहासिक तीन नाच सम्पन्न

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • मध्यपुरथिमिको ऐतिहासिक तीन नाच सम्पन्न

    भक्तपुर । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमि नगरपालिकाभित्र फरक–फरक सहरमा तान्त्रिक विधि एवं दैवी शक्ति प्रकट गर्दै सञ्चालन भएका भैरव, महाकाली, निलबाराहीलगायतको देवीदेवता नाच आज बिहानबाट सम्पन्न भएको छ ।

    भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीको रातिसम्म मध्यपुरथिमि क्षेत्रको बोडेमा निलबाराही, नगदेशमा महाकाली र थिमिमा लाय्कू भैलः एवं थिमि भैलः नाच सञ्चालन भएको थियो । मध्यपुरथिमिका विभिन्न सहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्धान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवीदेवतालाई रातभर जागा गराई टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको कथन रहेको सस्कृतिकर्मी अर्जुन श्रेष्ठ बताउछन् ।

    यस वर्ष सञ्चालनमा आएको थिमिमा ताहाननीबाट थिमि भैलः ९थिमि भैरव० नगदेशमा महाकाली र बोडेमा निलबाराही नाच सम्पन्न भएको उनले जानकारी दिए । देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको बोडेको निलबाराही नाच यस वर्ष पनि आज बिहानबाट सम्पन्न भएको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए । विभिन्न कारणले पटकपटक रोकिँदै आएको लाय्कू भैल र महाकाली नाच यस वर्ष प्रदर्शन गरिएको छ । 

    करिब दुई दशकपछि मध्यपुरथिमि–५, ताहननीबाट यस वर्ष थिमि भैलः प्याखँ प्रदर्शन भएको छ । महाकाली नाच पाँच वर्षपछि प्रदर्शनमा आएको हो । यी नाचमा ५० भन्दा बढी व्यक्तिले विभिन्न देवीदेवताको तान्त्रिक विधिबाट जगाएको मुखुण्डो धारण गरी विभिन्न बाजाको तालमा तान्त्रिक विधिअनुसार दैवीशक्ति जागा गराई नाच्ने चलन रहेको संस्कृतविद् श्रेष्ठ बताउछन् ।

    नीलबाराही नाचका क्रममा रातभर नाच्ने र टोलटोलमा बिहान भएपछि स्थानीयले पूजा चढाउने परम्परा कायमै रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए। चार रात नसुती देवगणहरूले जात्रा चलाएका थिए भने स्थानीयले त्यसमा निरन्तर साथ दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij