काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने १ बजे भक्तपुर नगरपालिका–९ चोखामरू चोकमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
खरिपाटीबाट भाने चोक जाँदै गरेको बागमती प्रदेश ४ ख ४९३१ नम्बरको टिपरले साइकलयात्रीलाई ठक्कर दिएको हो ।
साइकलयात्री भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ६५ वर्षीय आसनारा कोजु गम्भीर घाइते भएका थिए ।
उनको उपचारको लागि ख्वपा अस्पताल च्यामासिंह लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर अनुसन्धान अघि बढाएको थियो ।
दुबै सवारीसाधन र टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर भानेचोक बस्ने ३३ वर्षीय अमिर तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा छन् ।