केदारनाथको शिर डोलेश्वरमा चारै  ढोका खुलेपछि बिहानैदेखि भक्तजनको भिड

केदारनाथको शिर डोलेश्वरमा चारै  ढोका खुलेपछि बिहानैदेखि भक्तजनको भिड

बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • केदारनाथको शिर डोलेश्वरमा चारै  ढोका खुलेपछि बिहानैदेखि भक्तजनको भिड

    भक्तपुर  । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बिहादेखि चारै  ढोका खुलेका छन्  । डोलेश्वरलाई केदारनाथको शिर भाग घोषणा गरिएको दिनका अवसरमा आज भदौ ६ गते बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको हो । 

     केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतका अनुसार, आज मन्दिरका चारै ढोका खुला गर्नुका साथै  भक्तजनलाई शिला छोएर पूजा गर्ने  व्यवस्था गरिएको छ ।

    समितिका अध्यक्ष बस्नेतका अनुसार, डोलेश्वरमा वर्षको तीन दिन महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते मन्दिरको चारै ढोका खुला रहनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने व्यवस्था गरिएको छ ।

    यसैबीच डोलेश्वर महादेव मन्दिरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला पनि आज समापन हुँदैछ । सोहि अवसरमा डोलेश्वरमा आज हुने कार्यक्रममा सुुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरिने समितिले जनाएको छ ।

    डोलेश्वर महादेवलाई केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले सूर्यविनायक नगरपालिकाले आज स्थानीय पर्वको अवसर पारेर नगरपालिका भरी सार्वजनिक बिदा दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij