भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन

    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा हिजो भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र समितिले आजदेखि काम थालेको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

    गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले आज छानबिन समिति गठन गरेको हो । गृहमन्त्री लेखकले यसअघि घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका थिए ।

    हिजो दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–४ घर भई काठमाडाैंका कपन बस्दै आएका उत्तम कोइरालाको घटनास्थलमै ज्यान गएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएकाे थियाे । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

    दुर्घटनालगत्तै स्थानीयवासीले असुरक्षित रूपमा ट्राफिक प्रहरीले गाडी जाँच गर्ने गरेको भन्दै विरोध प्रदर्शनसमेत गरेका थिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij