मध्यपुर थिमि नगरपालिकाले आउँदो पुस १२ गतेदेखि तीन दिन मध्यपुर महोत्सव मनाउने

मध्यपुर थिमि नगरपालिकाले आउँदो पुस १२ गतेदेखि तीन दिन मध्यपुर महोत्सव मनाउने

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • मध्यपुर थिमि नगरपालिकाले आउँदो पुस १२ गतेदेखि तीन दिन मध्यपुर महोत्सव मनाउने

    भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर महोत्सव मनाउने भएको छ । नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको २६ औं बैठकले तीन दिन मध्यपुर महोत्सव मनाउने निर्णय गरेको हो ।

    यस्तै बैठकले चालू आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल सञ्चालन गर्ने, नगरपालिकाको नयाँ निर्माण हुने प्रशासकीय भवनका लागि सम्बन्धित निकायसँग बजेट माग गर्ने निर्णय गरेको छ ।

    यसैगरी बैठकले बस्ती विकास आयोजना सम्बन्धमा प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा सीमाङ्कन भएका क्षेत्रहरूको बस्ती विकास गर्ने प्रयोजनका लागि क्रमशः डीपीआर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij