गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरूष, ओखलढुंगाका उत्तम काेइराला भएको पुष्टि

गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरूष, ओखलढुंगाका उत्तम काेइराला भएको पुष्टि

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • गठ्ठाघर दुर्घटनामा मृत्यु हुने पुरूष, ओखलढुंगाका उत्तम काेइराला भएको पुष्टि

    भक्तपुर ।  भक्तपुरको गठ्ठाघरमा आज भएको सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएका चालक महिला नभएर पुरूष रहेकाे भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् । 

    मृत्यु भएका पुरूष ओखलढुंगाका उत्तम काेइराला भएको पुष्टि भएकाे उनले जानकारी दिइन् । 

    स्कुटरलाइ ठक्कर दिएकाे ट्रक चालक सर्लाही मलंगवा न.पा.२ बस्ने बर्ष ३२ को मलङ सतेन्द्र श्रेष्ठ रहेकाे र उनी पनि प्रहरी वृत्त बानेश्वर काठमाण्डौको नियन्त्रणमा रहेकाे उनले जानकारी दिइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij