गठ्ठाघर दुर्घटनाका मृत्यु हुनेमा दोलखाकी सुष्मा नेपाली

गठ्ठाघर दुर्घटनाका मृत्यु हुनेमा दोलखाकी सुष्मा नेपाली

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • गठ्ठाघर दुर्घटनाका मृत्यु हुनेमा दोलखाकी सुष्मा नेपाली

    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज भएको  सडक दुर्घट्नामा मृत्यु हुनेको पहिचान खुलेको छ । दिउँसो दुुई वजे गठ्ठाघर चौकमा ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचका क्रममा रोकिएको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।

    मृत्युु हुनेमा दोलखाको मेलुङ–४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेको प्रहरीले जनाएको छ । ट्रक चालक भने अझै फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
     

    कौशलटारबाट गठ्ठाघरतर्फ आइरहेको ट्रकले ट्राफिक जाँचमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घट्ना भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।

    स्कुटर चालकको शरीर क्षतविक्षत अवस्थामा निकालेर पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेपछि प्रहरीले अश्रुुग्याँस प्रहार गरेर भिड तितरवितर गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij