ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युु भएपछि अरनिको राजमार्ग चार घण्टादेखि ठप्प

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युु भएपछि अरनिको राजमार्ग चार घण्टादेखि ठप्प

बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्युु भएपछि अरनिको राजमार्ग चार घण्टादेखि ठप्प
    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएपछि अरनिको राजमार्ग चार घण्टादेखि ठप्प भएको छ । 
     
     कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब पाचास मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
     
    चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् । दुर्घटनापछि आक्रोशित भीडले ट्राफिक प्रहरीको लापरवाहीले दुर्घट्ना भएको आरोप लगाउँदै ट्रकमा तोडफोड गरेका छन् ।
     
    स्थानीयले लगातार ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौ सेल अश्रुुग्याँस हानेको छ । प्रदर्शनकारीले गठ्ठाघर चौकस्थित सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड समेत भत्काइदिएका छन् । प्रदर्शनकारी आक्रामक भएर ट्रकमा आगजनी गर्न खोजेपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij