काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ । ना ६ ख २१७३ नम्बरको ट्रकले ८९४४ नम्बर प्लेट भएको स्कुटरलाई ठक्कर दिएको हो ।
घटना आज दिउँसो पौने दुई बजेतिरको हो । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो ।



