सम्झौता भएको तीन वर्षपछि पुल निर्माण शुरु

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण शुरु

बुधवार, पौष १८ २०८०
बुधवार, पौष १८ २०८०
  • सम्झौता भएको तीन वर्षपछि पुल निर्माण शुरु

    उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वाशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ ।  निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि पुल निर्माणको काम शुरु गरिएको हो । 

    एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडाईको सो पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले  अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताउनुभयो । सरकारले विनियोजन गरेको १९ करोड १८ लाख ४१  हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो ।
     
    प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गर्नुभएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij