बागमतीमा प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

बागमतीमा प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • बागमतीमा प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
    हेटौडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
     
    आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।
     
    सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको जम्कट्टेलले बताए । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij