काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । आइतार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।