१० महिनामा वैदेशिक व्यापार : आयात निर्यात दुबै घट्यो

१० महिनामा वैदेशिक व्यापार : आयात निर्यात दुबै घट्यो

सोमवार, जेठ ७ २०८१
सोमवार, जेठ ७ २०८१
  • १० महिनामा वैदेशिक व्यापार : आयात निर्यात दुबै घट्यो

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिना अर्थात साउनदेखि वैशाख महिनासम्मको वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.३९ प्रतिशतले घटेको छ भने निर्यात ३.६१ प्रतिशतले घटेको हो ।  

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको वैशाख महिनासम्ममा १३ खर्ब ३ अर्ब रुपैयाँको वस्तु तथा सेवाआयात भएको छ । गएको वर्षको सोहि अवधिमा १३ खर्ब ३५ अर्ब रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।       

    त्यस्तै, यस अवधिमा १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गत वर्षको यही अवधिमा १ खर्ब ३० अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।       

    यस अवधिमा नेपालले ११ खर्ब ७७ अर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस अवधिमा नेपालले १२ खर्ब ४ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । 

    मंसिर महिनासम्म १४ खर्ब २९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।   

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij