काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै सोमबार सुनको मुल्य ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।