भक्तपुर नगरपालिका–१० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन

भक्तपुर नगरपालिका–१० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • भक्तपुर नगरपालिका–१० स्थित बेखाल टेबुल टेनिस कभर्ड हल उद्घाटन

    भक्तपुर । भक्तपुर नगरपालिका १० स्थित बेखालमा निर्माण गरिएको टेबुल टेनिस कभर्ड हल उद्घाटन भएको छ । नेमकिपा केन्द्रिय सचिव एवं प्रतिनिधि सभाका सांसद प्रेम सुवालले नवनिर्मित भवनको रिबन काटी उद्घाटन गरका हुन् । 

    कार्यक्रममा प्रमुख अतिथि सुवालले खेलकुद क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेका तर नीति तथा सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने खालको कार्यक्रम नभएको बताए । राजनीति कहिल्यै पनि फोहोर नहुने बताउँदै सरकारमा गएका राजनैतिक व्यक्तिहरुको चरित्र फोहोर भएकोले देशको राजनीति प्रदुषित भएको बताए । राजनीति जनताको सेवा गर्ने अवसर रहेको चर्चा गर्दैै उनले पुँजीवादी देशमा उत्पादनका साधनहरु सीमित व्यक्तिको कब्जामा रहने र जनताले दुःख पाउने भएकोले समाजवादी व्यवस्थाको आवश्यकता रहेको चर्चा गरे ।

    कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा हाल कमलविनायक, लिवाली र बेखालमा गरि ३ वटा कभर्ड हल संचालनमा आएको जानकारी दिँदै भनपाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भएको र हरेक वर्ष खेलाडी तथा प्रशिक्षकहरु सम्मान गर्दै आएको पनि बताए । उनले खेलाडीहरु अनुशासित हुनुपर्नेमा जोड दिँदै खेलाडीहरु देश र जनताको हक हित तथा देशको सार्वभौमसत्ता जोगाउन र देशको राजनैतिक विषयमा जानकार हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्र अनुसार खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै कार्य गरिरहेको बताउँँदै खेल शारिरीक तथा वौद्धिक विकासको निम्ति अपरिहार्य भएको बताइन् । उनले भक्तपुर नपाले विश्व अपाड्डता दिवसको अवसरमा अपाड्डता भएका व्यक्तिहरुबीच नियमित रुपमा खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिरहेको बताइन् । 

    बागमती प्रदेश सभाका सांसद सृजना सैंजुले कभर्ड हल निर्माणले खेल जगतमा नयाँ पुस्तालाई आकर्षण गर्ने बताउँदै खेल मित्रताको लागि रहेको बताइन् । उनले राज्यले खेलकुद क्षेत्रलाई अगाडि बढाउन नसकेको चर्चा गर्दै खेलकुद पूर्वाधारमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य सरहानीय रहेको बताइन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij