काठमाडौँ । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या ९ लाख ६९ हजार ८४२ पुगेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले सोमबार पत्रकार सम्मेलनमार्फत क्रियाशील सदस्यताको पछिल्लो विवरण सार्वजनिक गरेका हुन्।
१४औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार हाराहारी थिए। पछिल्लो विवरणअनुसार त्यसयता करिब १ लाख सदस्य थपिएका छन्।
प्रवक्ता चालिसेका अनुसार नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ उमेर समूहलाई पार्टीको सदस्य बनाउने र उनीहरूलाई केन्द्रीय समितिसम्म ल्याउने योजनाअनुसार क्रियाशील सदस्यको संख्या बढेको हो।