सुनको मूल्यलमा नयाँ रेकर्ड, एकैदिन १६ सयले बढ्यो

सुनको मूल्यलमा नयाँ रेकर्ड, एकैदिन १६ सयले बढ्यो

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • सुनको मूल्यलमा नयाँ रेकर्ड, एकैदिन १६ सयले बढ्यो

    काठमाडौं ।  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ हालसम्मकै उच्च हो । 

    शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कायम भएको छ । यसअघि सुनको उच्च मूल्य १ लाख ४० हजार रुपैयाँमा कायम भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कायम भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij