एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित, अरू को को ?

एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित, अरू को को ?

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित, अरू को को  ?

    भक्तपुर  । नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा पुनः बचन देउजा निर्वाचित भएका छन् । ९ औं जिल्ला अधिवेशनबाट देउजा कुल ४९१ मध्ये २९० मत प्राप्त गरि विजयी भएका हुन् । उनी यसअघि पनि जिल्ला पार्टी अध्यक्ष थिए ।

    ९ औं अधिवेशनका लागि दुई वटा समुहले प्यानलनै बनाएर उमेदवारी दिएका थिए । आइतवार बिहान तीन बजे मतगणना सम्पन्न भएको थियो । मतपरिणाम अनुसार कमिटिको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालाई हराउँदै बागमती प्रदेश सभा सदस्य किरण थापा निर्वाचित भएका छन् । सचिवमा विष्णु तामाङ चुनिएका छन् । त्यस्तै, महिला उपसचिवमा उत्तरा नेपाल र पुरुष उपसचिवमा सानुकाजी कायस्थ निर्वाचित भएका छन् ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij