पत्रकार आचार संहिताको पूर्ण पालनामा प्रेस काउन्सिलको जोड, उद्घाटनमै गरियो सामुहिक प्रतिबद्धता

पत्रकार आचार संहिताको पूर्ण पालनामा प्रेस काउन्सिलको जोड, उद्घाटनमै गरियो सामुहिक प्रतिबद्धता

बुधवार, जेठ २ २०८१
बुधवार, जेठ २ २०८१
  • पत्रकार आचार संहिताको पूर्ण पालनामा प्रेस काउन्सिलको जोड, उद्घाटनमै गरियो सामुहिक प्रतिबद्धता

    भक्तपुर । समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने सरकोवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार भक्तपुरमा प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव कार्यक्रममा सहभागि भएका बिभिन्न समाचार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने नाममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए । उनले भने, “पत्रकारलाई गल्ती गर्ने छुट छैन, गल्ती गरेको भए तत्काल सच्याउनु पर्छ, सच्याउने तत्परता हुनु पर्छ, गल्ति गरेको छ छैन, त्यसको अनुगमन गर्ने निकाय प्रेस काउन्सिल हो ।”

    पछिल्लो समयमा छापा माध्यमले पनि युट्यब, अनलाइनमा जानु परेको चर्चा गर्दै उनले अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर छैन तर जुनसुकै मिडियाले पनि अनिवार्य रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताए । 

    राज्यले देशभर मिडिया साक्षरता चलाउनु पर्नेमा जोड दिदै काउन्सिलका अध्यक्ष बस्नेतले भने, “डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ , यसका लागि राज्यले बजेटनै छुट्याउनु पर्छ, सिमित श्रोत र साधनले प्रेस काउन्सिलले देशभर मिडिया साक्षरता अभियान छेडेका छौँ, यसका लागि राज्यले पनि सहयोग गनुृपर्छ, प्रदेश र स्थानीय सरकारले पनि यस्तो अभियानलाई साथ र सहयोग दिएर अगाडि बढाउनु पर्छ ।”

    जनताले चलाउने सोसियल मिडिया र पत्रकारले चलाउने मिडियाको फरकता के हो भन्ने छुट्याउन सक्नु पर्छ भन्दै उनले यसका लागि पनि प्रत्येक स्थानीय तहसम्म मिडिय साक्षरता अभियान पुग्नु पर्ने आंैल्याए । 

    कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्र्व अध्यक्ष धर्मेन्द्र झाले मोवाइलमै युट्युब, अनलाइन मात्रै नभई अहिले टेलिभिजन पनि हेर्न सकिने चर्चा गरे । 

    उनले भने, “अहिले मिडिया डिजिटलाइज भएको छ, यसो भन्दैमा प्रिन्ट मिडियाको भविश्य सकियो भन्ने होइन, अझै पनि प्रिन्ट मिडिया पर्खेर, कुरेर बस्ने जमात छ ।”

    मिडियामा कन्टेन्ट महत्वपूर्ण हुने बताउदै उनले कुन मिडियाले कस्तो कन्टेन्टलाई फोकस गरेको छ भनने विषय महत्वपूर्ण हुने चर्चा गरे । राससका अध्यक्ष झाले भने, “युट्युबको कन्टेन्ट माथि कसरी बिश्वास गर्ने भन्ने लाग्छ, सम्पादकीय प्रक्रिया पुरा गरेर युट्युब अगाडि बढेका छन् त रु त्यो सोचनीय छ, सम्पादकधीइ प्रक्रिया पुरा गर्न सके सुरक्षा चुनौती पनि कम हुन्छ ।”

    उनले अब नेपालको पत्रकारिताको भविश्य कता जानछ, विश्वकै पत्रकारिताले विशवास गुमाउदै गएको छ, प्रभावकारिता गुमाउदै गएको छ की भनेर सोच्ने बेला समेत आएको उनको भनाइ थियो । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले छापा माध्यम पनि डिजिटलाइज हुदै गएको बताए । उनले भने, ”अब फरक ढंगले सोच्नु जरुरी छ, छापा माध्यम पनि डिजिलटाइजमा जानु आवश्यक छ, अब पत्रिकाको वितरण प्रणाली पनि प्रबिधिबाटै हुनुपर्छ । पत्रिका कति प्रति बिक्री भयो भन्नु भन्दा पनि पत्रिका कम छापेर त्यसलाई अनलाइन पिडिएफ मार्फत धेरै भन्दा धेरै पाठक बनाउतर्फ ध्यान दिनुपर्छ ।”

    कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेतले युट्युवर, अनलाइन पत्रकारिता र आचारसंहिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै दर्ता भएका मिडियाको अनुगमन गर्ने दायित्व काउन्सिलको भएकाले आचारसंहिता सबेले पालना गर्नु पर्नेमा जोड दिए ।

    पत्रकार उज्वल आचार्यले अध्ययनबाट मिडियाको आयको रुपमा २७ वटा विकल्प रहेको चर्चा गर्दै अस्थायी पत्रकारिताका चुनौती ९इस्यु अफ कन्टेप्रोरी जर्नलिज्म० मा कार्यपत्र प्रस्तुत गरे । 

    सञ्चारमाध्यमको आय श्रोत कमजोर वन्दै जाँंदा त्यससँंग सम्वन्धित सरोकारवालाहरुले विज्ञापनको विकल्प खोज्नुपर्नेमा जोड दिएका हुन् । विज्ञापनलाई आयआर्जनको मुख्य आधार बनाइराख्दा अव सञ्चारमाध्यम वाँंच्न नसक्ने अवस्था आएको भन्दै नयाँं आयश्रोतकाबारेमा सोधखोज गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य ठाकुर बेल्वासेले कार्यक्रमको औचित्यमाथि प्रष्ट्याएका थिए ।

    कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष माथवरसिंह वस्नेत, पत्रकारहरु तीर्थ कोइराला, अखण्ड भण्डारी, दुर्गा खनाल, गोपाल खनाल, केदारनाथ कोइराला, मोहन बाँस्तोला, रामकला खड्का, कृष्ण किसी, कौशल भट्टराई, रत्न श्रेष्ठ  २ दर्जन पत्रकारलेले अचारसंहिताको पालना र पत्रकारिताको दिगो श्रोतको पहिचान गरी अगाडि वढ्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्वागत मन्तव्य राख्दै समग्र भक्तपुरमा सञ्चालनमा रहेका सञ्चारमाध्यमको अवस्थाबारे जानकारी दिएका थिए । पहिलो सत्रको सहजीकरण काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्वासे र दोस्रो सत्रको सहजीकरण मुख्य अधिकृत झविन्द्र भुसालले गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij