काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोवला १ हजार ७ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।