भोली अक्षय तृतीया, केदारनाथको शिर डोलेश्वरमा मन्दिर भित्रै पसेर पूजा गर्न पाइने

भोली अक्षय तृतीया, केदारनाथको शिर डोलेश्वरमा मन्दिर भित्रै पसेर पूजा गर्न पाइने

बिहिवार, बैशाख २७ २०८१
बिहिवार, बैशाख २७ २०८१
  • भोली अक्षय तृतीया, केदारनाथको शिर डोलेश्वरमा मन्दिर भित्रै पसेर पूजा गर्न पाइने

    भक्तपुर। भोली अक्षय तृतीयाका दिन प्रशिद्ध केदारनाथको शिर डोलेश्वरमा मन्दिर भित्रै पसेर पूजा गर्न पाइने भएको छ । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा वैशाख २८ गते चारै ढोका खुला गरिने र अक्षय तृतीयाको अवसरमा मन्दिर भित्रै पसेर भक्तजनलाई शिला छोएर पूजा गर्न दिइने व्यवस्था गरिएको हो । 

    डोलेश्वर महादेव मन्दिरमा अन्य समयमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भएतापनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ छ गते, शिवरात्री र अक्षय तृतीयाका दिन बर्षमा तीन दिन मात्रै भित्रै पसेर पुजा गर्न पाउने व्यवस्था गरिने गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।

    मन्दीरभित्रै पसेर पुजा गर्न पाउँने भएपछि भिड व्यवस्थापनका लागि समितिले स्वयंसेवक समितिका संयोजक हरिशचन्द्र थापाको नेतृत्वमा ४० जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । सो दिन मन्दिरको चारै ढोका खोलेर दर्शनार्थीलाई सहज रुपमा पुजागर्ने व्यवस्था मिलाइएको अध्यक्ष बस्नेतले बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij