भक्तपुरको प्लाई कारखानामा आगलागी हुँदा १ करोड ८० लाख बराबरको क्षति, दुई जना घाइते

भक्तपुरको प्लाई कारखानामा आगलागी हुँदा १ करोड ८० लाख बराबरको क्षति, दुई जना घाइते

आइतवार, बैशाख २३ २०८१
आइतवार, बैशाख २३ २०८१
  • भक्तपुरको प्लाई कारखानामा आगलागी हुँदा १ करोड ८० लाख बराबरको क्षति, दुई जना घाइते

    भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका –२ दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानाका गए राति आगलागी हुँदा निभाउने क्रममा कामदार भारतको बङ्गाल घर भएका २९ वर्षका मनु उर्वा र कारखाना नजिकै बस्ने रामेछापको लिखु तामाकोशी–६ घर भएका २३ वर्षका बुद्धनारायण श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    घाइते मनु उर्वालाई ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको जलन उपचार अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । बुद्धनारायणको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरीले जनाएको छ । 

    सुरक्षाकर्मी, स्थानीयवासी तथा भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेबाट गरी सात वटा दमकलको सहयोगमा आगो निभाइएको छ । आगलागीबाट प्लाई कारखानामा एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij