भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते

भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते

मंगलवार, बैशाख १८ २०८१
मंगलवार, बैशाख १८ २०८१
  • भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, एक जना घाइते

    काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं.०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ । कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij