चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु

चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौली परियोजना संचालन गरेको छ । चाँगुनारायण नगरपालिकाले सहारा परियोजनाको बारेमा वडास्तरमा रहेका सरोकारवाला निकायहरुलाई जानकारी दिने उद्धेश्यले आज चाँगुनारायण नगरपालिकाको वडा नं १ र २ मा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो । 

    अभिमुखिकरण कार्यक्रममा बोल्दै वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले ज्येष्ठ नागरिकहरुको लागि दिवा आश्रयस्थल निर्माण गरि रचनात्मक कार्य गरी दिन बिताउने व्यवस्था मिलाइने बताए । उनले ज्येष्ठ नागरिक मिलन केन्द्रले वार्षिक कार्यक्रम बनाई वडामा पेश गरेमा त्यसलाई वार्षिक कार्यक्रममा समेटिने बताए । उनले साझेदारीको लागि नेपाल रेडक्रस मार्फत स्वीस रेडक्रसलाई धन्यवाद दिए ।

    2.webp

    त्यसै गरी वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा मार्फत स्वीस रेडक्रसले आर्थिक सहयोग तथा साझेदरीमा परियोजना संचालनको लागि विशेष पहल गर्नुभएको बताए । उनले नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत परीयोजनामा समावेश गरी एकिकृत रुपमा सञ्चालन गरीने बताए । 

    नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक राजु राउतले बालकोटमा सञ्चालन गरेको नमूना परियोजनाको उपलब्धि र परियोजना सञ्चालनको पृष्ठभूमीको बारेमा जानकारी गराएका थिए । उनले परियोजनाको उद्धेश्यका बारेमा जानकारी गराएका थिए । 

    3.webp

    चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यबहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका लागि संचालन हुन गइरहेको सहारा परियोजना ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन गरिनेछ । जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्ने कुरा कार्यक्रम नगरपालिकाका विपद् विज्ञ एवं सहारा परियोजनाका संयोजक दिनेश थापाले बताए । 

    अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गर्दै उनीहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनि अवगत गराएका थिए । उनीहरुले ज्येष्ठ नागरिकका लागि गर्नुपर्ने गतिविधिहरुका बारेमा सुझाब पनि दिएका थिए ।

    अभिमुखिकरणमा वडाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरु, रेडक्रसका स्वयंसेवकहरु, महिला स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रतिनिधिहरु, महिला समुहका प्रतिनिधिहरु, युवा समुहका सदस्यहरु, वडाका कर्मचारीहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा भक्तपुर रेडक्रसकी कार्यक्रम संयोजक उमा थापाले पनि सहजिकरण गरेकी थिइन् ।  वडा कार्यालयमा सञ्चालित अभिमुखिकरणमा १७ महिला र ४३ पुरुष गरि ६० जनाको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij